मा.उपप्रधान मन्त्री तथा मा.मन्त्री ज्यूहरुबाट बाढी प्रभाव, उद्धार/राहतको अवलोकन
2076-04-01
2076-04-01
१. २०७६ असार २७ र २८ का दिन भएको अविरल वर्षा÷बाढीको उल्लेखित विषयमा पूर्व प्रधानमन्त्री मा. माधव कुमार नेपाल, मा. उपप्रधान मन्त्री उपेन्द्र यादव, मा. गृह मन्त्री राम बहादुर थापा “बादल” मा उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, मा. अनिल झा, मा.कल्याणी खड्का, मा. प्रभू साह समेतबाट धनुषा जिल्लाको अवलोकन भ्रमण भएको छ ।
२. जनकपुर विमानस्थलमा मा.मुख्यमन्त्री लाल बाबु राउत, प्रमुख सचिव दिपक सुवेदीले प्रदेश नं. २ को र प्र.जि.अ. प्रदीपराज कणेलले धनुषा जिल्लाको प्रस्तुती गर्नु भएको ।
३. सो कार्यक्रममा मा. आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव समेतको उपस्थिति थियो ।