Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

जनकपुर

डि.जे.वाजामा पुर्ण प्रतिबन्ध लगाईएको

6 महिना अगाडी

2075-08-02


 

२०७५/०८/०२ गते बसेको जिल्ला सुरक्षा समिति धनुषाको बैठकले जनस्वाथ्य तथा सुरक्षालाई दृष्टिगत गरी आजैबाट धनुषाजिल्ला भर डि.जे.वाजा बजाउन पुर्ण रुपमा निषेध गरिएको छ ।
राती तथा दिनको समयमा समेत अन्य लाउड स्पीकर प्रयोग गरी धार्मिक तथा साँस्कृतिक कार्यमा चर्को स्वरमा ध्वनि प्रदुषण नगर्न अनुरोध गर्ने तथा अटेर गर्ने उपर नियमन गर्ने समेत निर्णय भएको छ ।
यस कार्यमा सम्बद्ध सबै पक्षको सहयोगका लागि जिल्ला प्रशासन हार्दिक अनुरोध गर्दछ ।